जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी बैंकको मोबाईल बैंकिङ एवं कार्ड प्रयोग गरेर उपहार किन्दा ३० प्रतिशतसम्म छुट पाइने

एनआईसी बैंकको मोबाईल बैंकिङ एवं कार्ड प्रयोग गरेर उपहार किन्दा ३० प्रतिशतसम्म छुट पाइने

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

हरेक वर्ष कुशे औशीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मन पर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्नका लागि यस बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

ग्राहकहरूले उक्त विशेष दिनमा सामग्री खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नु सक्ने छन् । ग्राहकहरूले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ताहरूले सीजी डिजिटल, एलजी लाइफस्टाइल शोप, होटल र्याडिशन, त्रिवेणी ग्रुप, एट डिग्री, केटीएम सीटी, पानासोनिक, सिद्धार्थ क्याफे, कृष्ण पाउरोटी, इको इन्फिनिटी, बियोण्ड ब्रेड, द क्रस्ट बेकरी, हाम्रो कार्ट, हटस्टोन पिज्जा र तातोमिठोसँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको छ ।

8635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका