जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एकले अर्कालाई ‘खुइल्याउने’ खेल ?

आर्थिक विशेष

एकले अर्कालाई ‘खुइल्याउने’ खेल ?

एकले अर्कालाई ‘खुइल्याउने’ खेल ?

नेपाल राष्ट्र बैङ्कमा अब केही समयपछि रिक्त रहने गभर्नर पदका लागि गभर्नरका आकाङ्क्षीबीच एकले अर्कोलाई कमजोर देखाउने खेल सुरु भएको बैङ्किङ वृत्तमा चर्चा चल्न थालेको छ । आगामी गभर्नरकै दौडमा रहेका राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि आरोप लाग्नु र त्यसको छानबिन सुरु हुनुले एकले अर्कोको कर्तुत पर्दाफास गर्ने त होइन भन्ने डिस्कोर्स सुरु भएको छ । स्मरण रहोस्, श्रेष्ठमाथिको आरोपमा छानबिन सुरु भएसँगै उनी निलम्बनमा परिसकेका छन् ।

मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैङ्कलाई निर्देशन दिएपछि छानबिनका लागि समिति गठन भइसकेको छ । सो समितिले एक महिनामा अध्ययन प्रतिवेदन सरकारलाई बुझाउनेछ । समितिको संयोजक श्रीराम पौडेल र सदस्य रामजी रेग्गी र डा. सुवोध कर्ण छन् ।

श्रेष्ठ निलम्बनमा परेसँगै गभर्नर हुने पङ्क्तिबाट उनी लगभग आउट भएका छन् । समितिले आरोप पुष्टि गरे कारबाहीमा पर्नेछन् भने आरोप पुष्टि नभए सफाइ पाउनेछन् । श्रेष्ठमाथि एनसेल लाभांश प्रकरण, विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको पैसा भित्र्याउने प्रकरण, सम्पत्ति शुद्धीकरणमा सघाएको, बैङ्क तथा वित्तीय संस्थाहरुको सुशासन कायम नगराउन भूमिका खेलेको लगायतका आरोप सरकारको छ । यद्यपि श्रेष्ठ यो आरोप स्वीकार्न तयार छैनन् । उनी आफूलाई गभर्नर हुन नदिन षडयन्त्र भएको भन्दै आएका छन् ।

उसो त राष्ट्र बैङ्कका दुई डेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी दुवै आफै मात्र गभर्नर बन्न मरिहत्ते गरेर अग्रसर देखिएका थिए । काँग्रेस कोटाबाट डेपुटी बनेका शिवराज श्रेष्ठ र एमाले कोटाबाट डेपुटी गभर्नर बनेका चिन्तामणि शिवाकोटी दुवै आफू निकटका नेतासँग गभर्नरका लागि लबिङ गरिरहेको चर्चा थियो । यसमा शिवाकोटी र श्रेष्ठबीच एकअर्कालाई कमजोर देखाउने खेल हुन थालेको चर्चा चल्यो ।

यसैबीच श्रेष्ठ काण्ड बाहिरिएपछि शिवाकोटीलाई पनि कमजोर देखाउने दाउमा यस्तै कुनै काण्ड बाहिरिने पो हो कि भन्ने आशङ्का पनि देखिएको छ । स्रोतका अनुसार दुवैले एकअर्कालाई कमजोर देखाउने खेलमा लाग्दा गभर्नरको बाजी बैङ्कभन्दा बाहिरकैले मार्न सक्नेछ ।

गभर्नरको चर्चामा यी नाम

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल आगामी चैतमा सकिँदै छ । गभर्नर नेपालको कार्यकाल सकिन अब पाँच महिना बाँकी छ । तर भावी गभर्नरको चर्चापरिचर्चा हुन सुरु भइसकेको छ ।

अहिलेसम्म भावी गभर्नरका रूपमा राष्ट्र बैङ्क सञ्चालक समिति सदस्य सुबोध कर्ण, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल बैङ्कका अध्यक्ष बासु अधिकारी र राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली रहेको चर्चा छ । उनीहरु आआफ्नो क्षेत्रबाट गभर्नरको लबिङमा देखिएको चर्चा छ । गभर्नर नियुक्तिमा प्रधानमन्त्री र अर्थमन्त्रीको ठूलो हात हुने गर्छ । तर अर्थमन्त्री डा. युवराज खतिवडाकै कार्यकाल आगामी फागुनमा सकिँदै छ ।

देशको वित्तीय नीति अर्थ मन्त्रालयबाट निर्धारण हुन्छ भने मौद्रिक नीतिको एक्सक्लुसिभ अधिकार केन्द्रीय बैङ्कलाई हुन्छ । यसकारण देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा गभर्नरको ठूलो हात हुन्छ । अर्कोतर्फ तपाईं हामीले बोक्ने पैसा जसमा गभर्नरकै हस्ताक्षर हुन्छ । अर्थात हरेको पोकेटमा गभर्नरकै हस्ताक्षरको नोट हुन्छ, चाहे त्यो राष्ट्रपति होस् वा प्रधानमन्त्री होस् वा सर्वसाधारण नै हुन् । एक पटक राष्ट्र बैङ्कका गभर्नर बनिसकेका दीपेन्द्रबहादुर क्षेत्री गभर्नरले अन्तर्राष्ट्रिय विभिन्न सङ्घसंस्थामा भाग लिने अवसर पाउने बताउँछन् । उनी यसलाई अवसरका साथै हट सिट अर्थात चुनौतीको पहाडमा बस्नुपर्ने पोस्ट भएको तर्क गर्छन् ।

अर्कोतर्फ सबै मानवीय क्रियाकलाप मन्दिरतर्फ जानु भनेको मुक्ति पाउन हो भने भौतिक संसारमा फर्कनु भनेको पैसा कमाउन हो । पैसाका मालिक बैङ्क र बैङ्कहरुको मालिक राष्ट्र बैङ्क र सो बैङ्कको प्रमुख गभर्नर हो

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका