जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • गाउँ गाउँमा सहकारी घरघरमा भकारीको नारा दिएर स्थापना भएका सहकारीका सञ्चालकद्वारा डरलाग्दो ठगी काण्डः जेल सहकारीका सञ्चालकहरुले भरिदै !

गाउँ गाउँमा सहकारी घरघरमा भकारीको नारा दिएर स्थापना भएका सहकारीका सञ्चालकद्वारा डरलाग्दो ठगी काण्डः जेल सहकारीका सञ्चालकहरुले भरिदै !

नेपालमा गाउँ गाउँमा सहकारी घरघरमा भकारीको नारा दिएर स्थापना भएका हजारौ सहकारी संस्थाहरुले बचतकर्ताहरुको अर्बै अर्ब ठगी गरेको तथ्य भटाभट बाहिर आउन थालेका छन् । सहकारी अगुवाहरुको डरलाग्दो ठगी धन्दाले बचतकर्ता आतंकित मात्रै बनेका छैनन् । सडकमा समेत पुगेका छन् भन्दा फरक पर्दैन । नेपालका अधिकाशं कमाउने मान्छेहरुले ठूलो ब्याजको लोभमा सहकारीमा बचत गरेको रकम सहकारीकै सञ्चालकहरुबाट ठगी भए पछि बचतकर्ताहरु करोडपतिबाट रोडपति बनेर सडकमा नाराबाजी गर्दै हिँडेको भेटिएको छ भन्दा अब फरक पर्दैन । यतिसम्मकी सहकारी संस्थाहरुले बचतकर्ताहरुको बचत घरजग्गा र शेयरमा लगानी गरेपछि अहिले बैंक र वित्तिय संस्था समेत संकटमा फसेको देखिन्छ । पछिल्लो समय सहकारीका निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सञ्चालकदेखि पदका रहेका जिम्मेवार व्यक्तिहरु नै पक्राउ पर्ने क्रम बढ्दो छ । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरुले आज सर्वसाधारणको विश्वास गुमाउँदै रकम हिनामिना गर्ने गरेका छन् । भन्दा फरक पर्दैन ।

देशका ठूला भनिएका सहकारीहरुका सञ्चालकहरुले नै रकम हिनामिना गर्ने गरेका छन् । उनीहरु लामो समयदेखि सहकारीको नेतृत्व गरेर धेरै व्यक्तिलाई पाठ पढाएका छन् । उनीहरु नै रकम हिनामिना गर्दै पक्राउ परेका छन् ।
सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका सञ्चालक फरार भएका धेरै उदाहरणहरु छन् । जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास झन्–झन् दिनप्रतिदिन घट्न थालेको देखिन्छ ।
एकातिर सरकार जनतालाई बचत गर्ने बानीको विकास गराउन जुटेको छ, भने अर्कातिर बचत गर्न भनि स्थापना गरिएका संस्थाहरु नै जनताको विश्वाससँग खेलिरहेका छन्, जसको प्रभावकारी नियमन गर्न सरकार चुकेको छ भन्दा अब फरक पर्दैन

हालै मात्रै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परे । बालाजुबाट गत बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको छ ।

नियमन, कारबाही लगायतका व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप पनि सहकारी सञ्चालकद्वारा हुने गरेको छ । यसरी दुरुपयोग भएको रकमको क्षतिपूर्ति सर्वसाधारणले पाउने ग्यारेन्टी पनि सरकारले गर्न सक्दैन । केही फरार व्यक्तिहरु समातिन्छन् भने केही कारबाहीको दायरामा नै आइपुग्दैनन् ।हालै मात्रै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परे । बालाजुबाट गत बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको छ । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेतीविरुद्ध बचत रकम हिनामिनाको जाहेरी परेको थियो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूको उजुरी परेका छ । भन्दा फरक पर्दैन ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको छ । यस्तै केही दिनअघि मात्रै सहकारीका अगुवाको रुपमा चिनिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नै पक्राउ परे । बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको हो । उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेको खुलेको छ भने ६१ सालमा उक्त सहकारीमा सचिवको रुपमा काम गरेका श्रेष्ठ ६४ सालमा उपाध्यक्ष भएका थिए । ७४ सालदेखि उनी उक्त सहकारीको अध्यक्ष रुपमा कार्यरत थिए ।

आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार नेपालमा सहकारी संस्थाहरूको कुल बचत दायित्व ४ खर्ब ७८ अर्ब बराबर छ । उक्त तथ्यांक आधार मान्दा पनि प्रहरीले सहकारी ठगी अनुसन्धान गरी २ सय १२ मुद्दामा माग गरेको कुल बिगो दाबी नै सहकारी क्षेत्रको कुल कारोबारको करिब ६ प्रतिशत हुन आउँछ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २१ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

यस्तै संविधानसभा सदस्य समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सिभिल सहकारीको ५ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । तामाङ विरुद्ध सहकारी ठगी मुद्दा चलिरहेको छ । यस्तै सहकारीबाट रकम अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको ठहर गर्दै सजाय समेत तय गरिसकेको छ । यसरी नाम चलेका व्यक्तिहरु नै सहकारीको घोटलामा मुछिनेका गरेका छन् । उनीहरुले नेतृत्व गरेका सहकारी नै धरापमा पर्ने गरेको छ ।

आतंकित सहकारीकर्मीहरु
नेतृत्वकर्ताहरु नै धमाधम सहकारी प्रकरणमा मुछिन थालेपछि सहकारीकर्मीहरु आतंकित बन्न थालेका छन् । नेतृत्व, अगुवाहरु नै सहकारी घोटलाका नाममा मुछिएपछि अन्य सहकारीकर्मीहरुमा निराशा छाएको देखिन्छ । जो लामो समय सहकारीको नेतृत्व गरिरहेको छ । सहकारीको क्षेत्रमा लागेर हजारौं जनालाई पाठ पढाएको छ । जो सहकारीलाई नेतृत्व गरेको छ, त्यहि व्यक्ति नै सहकारी ठगी प्रकरणमा मुछिएपछि अन्य सहकारीकर्मीहरु अबको सहकारीको भविष्य के होला ? भनेर प्रश्न गरिरहेका छन् ।

बढ्दो सहकारी ठगीका घटना
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा सहकारी ठगीका २ सय १२ मुद्दा अदालत पुगेको छ । २०७८÷७९ देखि चालु आव २०८०÷८१ वैशाखसम्म कुल २ सय १२ सहकारी ठगी मुद्दा चलाइएको थियो । जसमा ८० अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको बिगो दाबी भएको थियो । देशभरिबाट २०७८÷७९ यता प्रहरीले २ सय १२ सहकारी ठगी मुद्दा अदालतमा दायर भएको छ । ८० अर्बभन्दा बढी रकम बिगो दाबी भएको मुद्दामा ४ सय ११ जना पक्राउ परेका छन् । प्रहरीले सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी लिएका १ हजार ३ सय ९७ जना भने फरार छन् । आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार नेपालमा सहकारी संस्थाहरूको कुल बचत दायित्व ४ खर्ब ७८ अर्ब बराबर छ । उक्त तथ्यांक आधार मान्दा पनि प्रहरीले सहकारी ठगी अनुसन्धान गरी २ सय १२ मुद्दामा माग गरेको कुल बिगो दाबी नै सहकारी क्षेत्रको कुल कारोबारको करिब ६ प्रतिशत हुन आउँछ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २१ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । १२ सहकारीलाई २०७५ देखि २०७६ बीचमा नै समस्याग्रस्त घोषणा गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७८÷७९ यता सहकारी ठगीमा प्रहरीले लगेका २ सय १२ मध्ये काठमाडौं उपत्यकाबाट मात्रै १ सय ९ मुद्दा अदालतम छ । ती मुद्दामा कुल १४ अर्ब ८६ करोड ६० लाख बराबर बिगो मागदाबी भएको प्रहरी तथ्यांक छ ।

बागमती प्रदेशमा थप २५ जना पक्राउ र ७८ जना फरार रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । कोसी प्रदेशमा २०७८÷७९ देखि चालु आव वैशाखसम्म प्रहरीले सहकारी ठगीका २३ मुद्दा अदालत लगेको छ । ती मुद्दामा १ अर्ब ५३ करोड ८७ लाख बिगो दाबी हुँदा ५८ जनालाई पक्राउ परेका छन् ।

त्यस्तै बागमती प्रदेशबाट थप १५ मुद्दा लगेको प्रहरीले ५५ अर्ब ४१ करोड बराबर बिगो मागदाबी गरेको छ ।
काठमाडौं उपत्यकाबाट लगिएको मुद्दामा १ सय ६८ जना प्रतिवादी पक्राउ पर्दा पक्राउ पुर्जी जारी भएका ७ सय ८० जना फरार रहेको तथ्याङ्कबाटै प्रस्ट देखिन्छ । बागमती प्रदेशमा थप २५ जना पक्राउ र ७८ जना फरार रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । कोसी प्रदेशमा २०७८÷७९ देखि चालु आव वैशाखसम्म प्रहरीले सहकारी ठगीका २३ मुद्दा अदालत लगेको छ । ती मुद्दामा १ अर्ब ५३ करोड ८७ लाख बिगो दाबी हुँदा ५८ जनालाई पक्राउ परेका छन् । ८० प्रतिवादी भने फरार छन् । मधेश प्रदेशमा यस अवधिमा २५ सहकारी ठगीका मुद्दा प्रहरीले लगेको छ । कुल १ अर्ब ५३ करोड ९१ लाख ठगी भएको उक्त मुद्दामा ३८ जना पक्राउ पर्दा १ सय ५२ जना फरार रहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशमा यस अवधिमा प्रहरीले १५ सहकारी ठगी मुद्दा अदालत लगेको छ । ती मुद्दामा ५ अर्ब ३५ करोडको बिगो मागदाबी भएको प्रहरीले जनाएको छ । जसमा ६८ प्रतिवादी पक्राउ पर्दा सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका १ सय ९१ जना फरार छन् ।

लुम्बिनी प्रदेशमा यस अवधिमा प्रहरीले अनुसन्धान गरी सहकारी ठगीका ११ मुद्दा अदालत लगेको छ । २२ करोड ५५ लाख ठगी भएका उक्त मुद्दामा ३१ जना पक्राउ पर्दा ८० जना फरार छन् । कर्णाली प्रदेशमा समेत प्रहरीले यस अवधिमा पाँच सहकारी ठगी मुद्दा अदालतमा पु¥याएको छ । १५ करोड ८७ लाख बराबर ठगी भएको उक्त मुद्दामा चार जना पक्राउ पर्दा १९ जना फरार छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा यस अवधिमा नौ सहकारी ठगी मुद्दा अदालत गएका छन् । प्रहरीले गरेको अनुसन्धानमा उक्त मुद्दामा १ अर्ब ३२ करोडको बिगो मागदाबी भएको छ । प्रहरीले १९ जना पक्राउ गर्दा पक्राउ पुर्जी जारी भएका १७ जना फरार छन् । भन्दा फरक पर्दैन । सचेत भया ।

530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका