जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कुमारी बैंकको २० औं वार्षिक साधारण सभा मंसिर २९ गते, १४ प्रतिशत लाभांश पारित हुने

कुमारी बैंकको २० औं वार्षिक साधारण सभा मंसिर २९ गते, १४ प्रतिशत लाभांश पारित हुने

कुमारी बैंकले मंसिर २० गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको रजिष्टर्ड कार्यालय, टंगाल , काठमाडौंमा विहान ११ः३० बजे सभा बोलाइएको हो । कोभिड महामारीका विच सभा भर्चुअल माध्यमबाट हुने बैंकले जानकारी दिएको छ । सभामा सहभागी हुन सक्ने शेयरधनीहरुलाई जुममार्फत सहभागी हुन आइडी र पासवर्ड उपलब्ध गराईने बैंकको भनाई छ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उक्त वर्षका लागि प्रस्तावित १० दशमलव ८५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन समेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभंश समेत पारित गर्नेछ । यस बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

4275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका