जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटर नै बढी खुशी हुन्छन् : चन्द्र ढकाल

बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटर नै बढी खुशी हुन्छन् : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था हुनु पर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग अर्थतन्त्रबारे गरिएको अन्तरक्रिया कार्यक्रममा  बरिष्ठ उपाध्य ढकालले बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था गरेर बैकर्स र व्यवसायी छुट्याउदा राम्रो हुने बताएका हुन् ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले साँच्चै बैकर्स र व्यवसायी छुट्याउने हो भने बैंकका प्रोमोटर सेयरवालाहरु नै बढी खुशी हुने बताए । अहिले प्रोमोटर सेयरको मूल्य नियमित कारोबार हुने सेयरको तुलनामा आधा रहेकोले प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था भने गर्नु पर्ने उनको भनाई छ ।

लामो समयदेखि बैकर्स र व्यवसायी छुट्याउनु पर्ने आवाज उठ्दै आएको छ। यसै महिनाको अन्त्यमा महासंघको अध्यक्ष हुन लागेका ढकालले बैंकका प्रोमोटरलाई एक्जिट हुने उचित व्यवस्था गरि बैकर्स र व्यवसायी छुट्याउन सकिने बताएका हुन् । उनको यो भनाईलाई चासोका साथ हेरिएको छ ।

1060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका