जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको कमाई लोभलाग्दोः पहिलो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो लाईफ इन्स्यारेन्स कर्पोरेशन, चौथो हिमालयन लाईफ, पाँचौ सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी (डाटा सहित)

जीवन बीमा कम्पनीहरुको कमाई लोभलाग्दोः पहिलो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो लाईफ इन्स्यारेन्स कर्पोरेशन, चौथो हिमालयन लाईफ, पाँचौ सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी (डाटा सहित)

नेपालका जीवन बीमा कम्पनीहरुको १ वर्षको व्यापार लोभलाग्दो छ भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाको जीवन बीमा शुल्क उठाएको भेटिएको छ । सबैभन्दा बढि बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, दोस्रोमा नेशनल लाईफ इन्स्योरेन्स, तेस्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, चौथोमा हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी रहेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबाटै देखिन्छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा जीवन बीमा कम्पनीहरुको व्यापार १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा जीवन बीमा व्यवसाय ९.८० प्रतिशतले बढेको देखिन्छ । गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क संकलन अघिल्लो आवको तुलनामा ९.८० प्रतिशत बढि हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । भन्दा फरक पर्दैन ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा जीवन बीमा व्यवसाय ९.८० प्रतिशतले बढेको देखिन्छ । गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

गत आवमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकनल गरेको छ । उक्त कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकनल गर्दा नेशनल लाइफले १९ अर्ब २० करोड रुपैयाँ संकलन गरेको देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ अर्ब ९ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको देखिन्छ । सचेत भया ।

2740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका