जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकले नयाँ डिजिएममा आदर्श बजगाइँ

नबिल बैंकले नयाँ डिजिएममा आदर्श बजगाइँ

नबिल बैंकले नायव महाप्रबन्धकका रुपमा आदर्श बजगाइँलाई भित्र्याएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा रहेका उनले शुक्रबारबाट नबिल बैंक ‘जोइन’ गरिसकेका छन्।

बजगाइँ चार्टर्डको ‘कोर ब्यवस्थापन’ समूहमा थिए। उनले चार्टर्डबाटै करियर सुरु गरेका हुन्।

चार्टर्डमा १६ बर्षभन्दा बढि समय बिताएपछि उनी पहिलो संयुक्त विदेशी लगानी भएको बैंक नबिलमा आबद्ध भएका हुन्।

उनले चार्टर्डमा ‘इन्ट्री लेभल’ बाट करियर सुरु गरेका थिए। त्यहाँ उनले ऋण प्रवाह, जोखिम ब्यवस्थापन, वित्त ब्यवस्थापनलगायतका विभागमा बसेर काम गरेका थिए।

उनले चार्टर्डको सिंगापुर, मलेसिया, थाइल्यान्डमा ‘ट्रेनी’ का रुपमा काम गरेका थिए। नबिलमा उनले अन्तर्राष्ट्रिय ब्यापार, ट्रेजरीलगायतका काम हेर्ने छन्।

12085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका