जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ५ वटा वाणिज्य बैंकको लाभांश घोषणा

५ वटा वाणिज्य बैंकको लाभांश घोषणा

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत विभिन्न ५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत र सबैभन्दा थोरै सिटिजन्स बैंकले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

हेर्नुस् कुनको कति ?

१. माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

२. एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने करसहित १० दशमलव ५३ प्रतिशत नगद गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

३. एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १ दशमलव ५२ प्रतिशत नगद गरी कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

४. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ दशमलव ७० प्रतिशत नगद गरी कुल १४ दशमलव ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

५. सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका