जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नयाँ स्टकको छनोट समिति तयार, सहसचिव फणिन्द्र गौतमको संयोजकत्वको समितिमा को-को छन्?

नयाँ स्टकको छनोट समिति तयार, सहसचिव फणिन्द्र गौतमको संयोजकत्वको समितिमा को-को छन्?

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको निवेदन मूल्यांकन गर्न धितोपत्र बोर्डले समिति गठन गरेको छ। आइतबार बसेको संचालक समितिको बैठकले कानुनका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए। यसअघि बोर्डले अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने तयारी गरेको थियो।

‘बोर्ड बैठक बिहान ११ बजेसम्म थियो,’ प्रवक्ता श्रेष्ठले भने,’समितिमा अन्य चार जना पनि सदस्य हुनुहुन्छ।’

समितिले स्टक एक्सचेन्जलाई अनुमति दिने कम्पनी मात्रै छनोट गर्नेछ। कमोडिटीका निवेदकलाई मूल्यांकन गर्न भिन्नै समिति गठन गरिने श्रेष्ठले भने।

समितिमा गौतम बाहेक शाक्य र मुकुन्दकुमार क्षेत्री छन्। क्षेत्री राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्।

समितिमा बोर्डका नियमन विभागका कार्यकारी अधिकृत मुक्त्तिनाथ श्रेष्ठ स्वयं पनि छन्। उनीसँगै नियमन महाशाखाका उप कार्यकारी निर्देशक अम्बिका गिरी छन्।

धितोपत्र बजार संचालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ का आधारमा अंक दिइनेछ। कम्पनीहरुलाई अंकभारको आधारमा गणना गर्ने श्रेष्ठले बताए।

3615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका