जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुध्द एयरमा कुमारी बैंकका ग्राहकलाई छुट

बुध्द एयरमा कुमारी बैंकका ग्राहकलाई छुट

कुमारी बैंक लिमिटेड र बुध्द एयरबीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुध्द एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमान-श्रीमती र छोरा-छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट बुध्द एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सकिनेछ । तर यसका लागि सर्तहरु लागु हुने बताइएको छ ।

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका