जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • के कार किन्दै हुनुहुन्छ ? एनआईएमबीले दिन्छ ८.८२ प्रतिशत ब्याजमै कर्जा

के कार किन्दै हुनुहुन्छ ? एनआईएमबीले दिन्छ ८.८२ प्रतिशत ब्याजमै कर्जा

के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) कार किन्दै हुनुहुन्छ वा ईभी कार किन्ने योजना बनाउँदै हुनुहुन्छ ? र, सस्तो ब्याजदरमा कर्जा लिने बैंकको खोजिमा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । किनभने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बैंकिङ क्षेत्रमै सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले साउन महिनाका लागि ८.८२ प्रतिशत ब्याजदरमा ईभी कार कर्जा उपलब्ध गराउने भएको हो । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले ईभीमा कम ब्याजदरमै लोन उपलब्ध गराउने बैंकले जनाएको छ । हरियाली यात्राको साथ ईभी कार कर्जाको साथ भन्ने नाराका साथ बैंकले साउन महिनाका लागि मात्रै ८.८२ प्रतिशतमै कर्जा दिने जनाएको छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका