जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • महतलाई अर्थमन्त्रीको जवाफ : सेयर बजारलाई प्रभावित पार्ने चलखेल हेर्न निर्देशन दिएकाे छु

महतलाई अर्थमन्त्रीको जवाफ : सेयर बजारलाई प्रभावित पार्ने चलखेल हेर्न निर्देशन दिएकाे छु

अर्थमन्त्री विष्णु पाैडलले सेयर बजारलाई प्रभावित पार्ने चलखेल हेर्न नियामकलाई निर्देशन दिइसकेको जवाफ दिएका छन्।
प्रतिनिधि सभाको अर्थ समितिको शुक्रबार बसेको बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कमजोर वित्तीय अवस्था भएका कम्पनीको मूल्य अस्वाभाविक रुपमा बढाउने काम भएको भनेपछि मन्त्री पौडेलले यसबारे राम्रोसँग हेर्न नियामकलाई निर्देशन दिइसकेको जवाफ दिएका हुन्।

उनले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले परिपक्व रूपमा अघि बढाउने बताए। ‘कुनै पनि प्रकारले सेयर बजारलाई प्रभावित पार्ने क्रियाकलाप हुनु हुँदैन भनेर सम्बन्धित नियामकलाई स्पष्ट निर्देशन दिएकाे छु,’ उनले भने, ‘सेयर बजार अर्थतन्त्रको ऐना हाे। त्यसैले परिपक्व रूपमा यसलाई अघि बढाउनुपर्छ।’

उनले लगानीकर्ताले पनि लगानी गर्नुपूर्व कम्पनीकाे प्रति सेयर आम्दानी, नेटवर्थ, व्यापार लगायत वित्तीय विवरण हेर्नुपर्ने बताए।

मन्त्री पौडेलले माैद्रिक नीतिकाे कार्यान्वयनले सकारात्मक नतिजा आउने दाबी गरे। उनले मौद्रिक नीतिमा आफ्नो र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको विषयमा महतलाई अर्थ मन्त्रालय र राष्ट्र बैंक दुई छुट्टै टापु नभएको जवाफ दिए।

‘गभर्नरसँग अर्थमन्त्रीकाे ट्युनिङकाे विषय आउने गरेकाे छ। राष्ट्र बैंकलाई अर्थमन्त्रीले याे गर वा नगर भन्दैन। तर अर्थ मन्त्रालय र राष्ट्र बैंक दुई छुट्टै टापु हाेइनन्,’ उनले भने, ‘काेड अनकाेड नभएर रियल ट्युनिङ मिल्नुपर्छ। गभर्नरले लचिलाे माैद्रिक नीति ल्याउनुभएको छ। यसको कार्यान्वयनले सकारात्मक नतिजा आउँछ।’

बैठकमा सांसदहरूले नयाँ स्टक एक्सचेञ्जकाे लाइसेन्स दिने विषयमा अर्थमन्त्री पौडेलसँग प्रश्न गरेका थिए। ती प्रश्नमा उनले ‘सरकारले आवश्यक अध्ययन गरेर उचित निर्णय लिन्छ’ भनी जवाफ दिए।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका