जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेल, आईएमई, आईआरडी, खेती र भेदाले पाए विष्ट्सा र एसोसीओ अवार्ड

एनसेल, आईएमई, आईआरडी, खेती र भेदाले पाए विष्ट्सा र एसोसीओ अवार्ड

मुलुकको सूचना तथा प्रविधि क्षेत्रमा गरेको योगदानलाई मूल्यंकन गर्दै ५ नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेका छन् ।

एनसेल, आईएमई डिजिटल सोलुसन, खेती, आन्तरिक राजश्व विभाग (आईआरडी) र इन्ग्रेइल्स (भेदा)ले विश्वका दर्जनौ कम्पनीसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरको विष्ट्सा अवार्ड र एसोसीओ अवार्ड प्राप्त गरेका हुन् ।

एनसेलले दुई क्याटेगोरीमा विष्ट्सा र एसोसीओ दुवै अर्वाड पाएको छ । उसले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई मूल्यांकन गरेर ‘इनोभेटिभ इहेल्थ सोलुसन अवार्ड’ क्याटेगोरीमा विष्ट्सा अवार्ड पाउन सफल भएको हो । त्यस्तै, उसले ‘हेल्थ टेक अवार्ड’ क्याटेगोरीमा एसोसीओ अवार्ड पनि प्राप्त गरेको छ ।

त्यस्तै, डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आईएमई डिजिटल सोलुसनले एसोसीओ अवार्ड पाएको छ । एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गानाइजेसन अवार्ड’ प्राप्त गरेको हो ।

त्यस्तै, मुलुकको सरकारी भुक्तानीमा राम्रो काम गरेको मूल्यांकन गर्दै आन्तरिक राजश्व विभाग (आईआरडी)ले ‘डिजिटल गर्भमेन्ट अवार्ड’ क्याटेगोरीमा एसोसीओ अवार्ड पाएको छ ।

एसोसीओ अवार्ड पाउने अर्को नेपाली कम्पनीमा खेती छ । उसले डिजिटल प्रविधिमार्फत् कृषि क्षेत्रको प्रवद्र्धन गरेको भन्दै उक्त पुरस्कार पाएको हो ।

त्यस्तै विष्ट्सा अवार्ड पाउने अर्को कम्पनीमा इन्ग्रेइल्स प्रालिको भेदा एप छ । उसले डिजिटल शिक्षा क्षेत्रमा गरेको कामलाई मूल्यांकन गरेर उक्त पुरस्कार प्रदान दिइएको हो ।

शुक्रबार क्यान महासंघ (क्यान)ले राजधानीमा आयोजित एक कार्यक्रममा ति कम्पनीलाई उक्त पुरस्कार प्रदान गर्यो ।

एसोसीओ र विष्ट्साले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा पुरस्कार विजेताहरु घोषणा गरेको थियो । सोही समारोहमा यी नेपाली कम्पनीले पुरस्कार पाएको घोषण गरिएको थियो । खेतिले उक्त समारोहमा गएर पुरस्कार थापेको थियो भने बाँकीलाई शुक्रबार प्रदान गरिएको हो ।

ओसोसीओ एसियन क्षेत्रका जापान, सिंगापुर, भारत, बंगालादेश लगायतका २४ वटा देश सदस्य रहेको छाता संगठन हो भने विट्सामा विश्वका ८० देश सदस्य छन् ।

यि संस्थाहरुले प्रत्येक वर्ष भिन्नभिन्न देशमा सम्मेलन गर्दै आएका छन् । उनीहरुले यी अवार्डको नोमिनेसको लागि ग्लोवाल कल गर्छन् । यि संस्थामा सदस्य भएका देशका संस्थाले आफ्नो क्षेत्रमा भएका कम्पनीलाई नोमिनेसनका रुपमा रिफर गर्छन् ।

क्यानले पनि यी दुवै अवार्डमा नेपालका तर्फबाट विभिन्न क्याटेगोरीमा सिफारिस गर्न स्थानीय नेपाली कम्पनीलाई आवेदन मागेको थियो । प्राप्त आवेदनबाट क्यानले उक्त अर्वाडको लागि सिफारिस गरेको थियो ।

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका