जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट

सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट

चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको लाभांश क्षमता घटेको छ । वितरणयोग्य मुनाफा घटेका कारण लाभांश क्षमता पनि घटेको देखिएको हो ।  

आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोडमा सीमित बन्न पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।  

यहीकारण अघिल्लो वर्ष ९.०७ प्रतिशत रहेको लाभांश क्षमता पनि घटेर ३.०६ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

बैंकले कमाएको पैसा सम्भावित जोखिम व्यवस्थापनका लागि प्रभिजन गर्नुपर्दा त्यसको सोझो असर नाफामा देखिएको छ । जसका कारण अघिल्लो वर्ष यही अवधिसम्म ६ अर्ब ६९ करोड बढी रहेको खूद नाफा घटेर यो वर्ष ६ अर्ब १ करोडमा सीमित बन्न पुगेको छ । यो बैंकको चुक्तापूँजी ३६ अर्ब १२ करोड माथि रहेको छ ।  

अघिल्लो वर्ष ९ अर्ब ५३ करोड बढी रहेको सञ्चालन मुनाफा घटेर ८ अर्ब ७४ करोडमा सीमित भएको छ भने १७ अर्ब १० करोडमाथि रहेको खूद ब्याज आम्दानी पनि घटेर १६ अर्ब ६३ करोडमा सीमित बनेको छ ।  

नाफा घटेका कारण अघिल्लो वर्ष २२.०६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर १६.६५ रुपैयाँमा सीमित भएको छ ।  

अघिल्लो वर्ष ३.१५ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ४.३७ प्रतिशत पुगेका कारण बैंकले कमाएको ३ अर्ब ७४ करोड बढी सम्भावित जोखिम व्यवस्थापनका लागि प्रभिजन गरेको छ ।

समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १४.३४ प्रतिशत हाराहारीमा बढेको छ भने लोनतर्फ ४.२२ प्रतिशतको ग्रोथ देखिएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु. १६८.८१ रुपैयाँ, पीई रेसियो ११.६६ गुणा कायम भएको छ ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका