जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ

नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन, ६ हजार युनिट सवारी बुकिङ

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो शो २०२४’ आइतबार सम्पन्न भएको छ । 

गत भदौ ११ गतेदेखि ६ दिनसम्म सञ्चालित उक्त अटो शोमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहभागिता थियो ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको अटो शोमा यो पटक ८२ हजार ४७० जनाले अवलोकन गरेको आयोजकले बताएको छ । 

आयोजकका अनुसार पहिलो दिन १० हजार, दोस्रो दिन १५ हजार, तेस्रो दिन बिहीबार १५ हजार ५००, चौथो दिन १७ हजार २००, ५ औं दिन १८ हजार ४९७ र अन्तिम दिन ८ हजार ४५५ जना अवलोकनकर्ताले अटो शोमा अवलोकन गरेका थिए ।  

आयोजनका अनुसार उक्त अवधिसम्ममा १५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ ।  नाडाका अनुसार यो पटक ४ हजार युनिट चारपाङग्रे र २ हजार युनिट दुई पाङ्ग्रे सवारी साधन बुकिङ भएको छ ।  

आयोजकका अनुसार यो पटक धेरै नयाँ ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी) को अटो शोमा राखिएको थियो । जसका कारण अवलोकनकर्ताको निकै ठूलो भीड लागेको थियो ।अटो शोमा खासगरी चिनियाँ विद्युतीय सवारीको आधिपत्य थियो ।

अर्थतन्त्र सुस्ताएको भएता पनि क्रमिक रुपमा चलायनमान हुन थालेको प्रमाणित यो वर्षकोअटो शोले गरेको आयोजकको भनाइ छ । कठिन परिस्थितिका बीच पनि नाडा अटो शो २०२४ मा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागीता हुँदा अटो व्यवसायीहरुको मेला भव्यताका साथ सकिएको नाडाका अध्यक्ष करण चौधरीको भनाइ छ। 

यो पटकको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू राखिएका थिए ।अटो शोको प्रमुख प्रायोजकमा टाटा डट ईभी थियो भने सह–प्रायेजकमा शिखर इन्स्योरेन्स थियो ।  

नाडा अटो शो हेर्न व्यवसायी, बैंकर, राजनीतिक, सर्वसाधारण मात्र होइन राजदूतदेखि कलाकार, उद्योगीसमेत पुगेका थिए । 

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका