जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

सानिमा बैंकले र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो ई – बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले बताएको छ ।

जसअन्तर्गत कम्पनीले पहिलो पटक सानिमा सजिलो ई – बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, बिजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न उक्त योजना ल्याएको कम्पनीले बताएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने छ ।

कम्पनीले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

कम्पनीको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका