जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल, कार्यकाल सकेर बिदा भए भट्टराई

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल, कार्यकाल सकेर बिदा भए भट्टराई

युनाइटेड यस इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन्। उनी डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन्।

रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो। भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ। नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ।

उनी आइसीआइसीआइमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन। त्यसपछि उनले अर्को एक इन्स्योरेन्स कम्पनीमा पनि काम गरेकी थिइन।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?