जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश

एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।

सो बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

सो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७२० रुपैयाँ छ ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका