जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • बैंकहरूको आधार दर घट्यो, कुनको कति ?(सूचीसहित)

बैंकहरूको आधार दर घट्यो, कुनको कति ?(सूचीसहित)

बैंकहरूको आधारदर पुनः घटेको छ । साउनको तुलनामा भदौमा औषत ०.२५ प्रतिशतले आधारदर घटेको हो । भदौका लागि औषत आधारदर ७.९२ प्रतिशत भएको छ । आधार दर कम हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । ऋणको ब्याजदर तय गर्दा आधारदरमा प्रिमियम जोडिन्छ ।

अहिले २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टड बैंकको छ । यस बैंकको भदौको आधारदर ६.२२ प्रतिशत छ भने दोस्रोमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यसको आधारदर ६.६६ प्रतिशत रहेको छ । अहिलेको अवस्थामा अन्य बैंकभन्दा यी दुई बैंकबाट ऋण लिँदा कम ब्याजदर पर्ने देखिन्छ ।

यस्तै सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको छ । अन्य बैंकभन्दा यो बैंकको ऋणको ब्याजदर महंगो पर्ने देखिन्छ । यसको आधारदर नै ९.२२ प्रतिशत छ । यस्तै कुमारी बैंकको पनि तुलनात्मक रूपमा महंगो व्याजदर छ । यसको आधारदर ८.९० प्रतिशत रहेको छ ।

हेर्नुहोस् सूची

आधार दर
बैंकभदौको आधार दर(प्रतिशतमा)साउनको आधार दर(प्रतिशतमा)
राष्ट्रिय वाणिज्य बैंक६.६६७.०१
कृषि विकास बैंक७.९६८.१८
नबिल बैंक७.४२७.६२
एभरेष्ट बैंक७.२९७.४५
ग्लोबल आइएमइ बैंक७.७७८.०३
सिद्धार्थ  बैंक७.९३८.२०
प्रभु बैंक७.९५८.२०
एनएमबी बैंक७.९८८.४२
सिटिजन्स बैंक ८.४२८.५७
माछापुच्छ्रे बैंक८.२६
नेपाल एसबिआइ बैंक८.११८.३०
लक्ष्मी सनराइज बैंक८.३९८.७०
हिमालयन बैंक८.५३८.९१
प्राइम कमर्सियल बैंक८.५७८.७७
कुमारी बैंक८.९०९.२३
स्ट्याण्डर्ड चार्टड बैंक६.२२६.३८
एनआइसी एसिया बैंक९.२२९.२४

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका