जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकले लग्यो एजीएममा मर्जरको एजेण्डा, साढे ११% लाभांश, सनराइजले पनि डाक्यो एजीएम

लक्ष्मी बैंकले लग्यो एजीएममा मर्जरको एजेण्डा, साढे ११% लाभांश, सनराइजले पनि डाक्यो एजीएम

लक्ष्मी बैंक र सनराइज बैंकले पनि साधारणसभा डाकेका छन्। लक्ष्मीले पुस २८ गते डाकेको छ भने सनराइजले पुस २४ गते डाकेको छ।

लक्ष्मीले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

यो लाभांश साधारणसभाले पारित गर्ने छ। बैंकले यस अघि सन २०१५/१६ मा सर्वाधिक ३८ प्रतिशत बोनस सेयर लाभांश दिएकोमा त्यसपछि भने बर्सेनि लाभांश घटाइरहेको छ।

२०१६/१७ मा १० प्रतिशत बोनस सेयर, २०१७/१८ मा ८.५ प्रतिशत बोनस सेयर र २०१८/१९ मा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश वितरण गरेको थियो। लक्ष्मीले साधारणसभामा मर्जर तथा प्राप्तिको एजेण्डा पनि लगेको छ।

सनराइज बैैंकले गत वर्षको नाफाबाट ८.२५ प्रतिशत लाभांश दिने छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ।

बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। साधारणसभाले पारित गरेपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ।

बैंकले गत आर्थिक वर्ष १५.८ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो। कोभिडका कारणले ब्यापार बिस्तारका साथै ऋण उठ्तीमा समस्या छ। यही कारण यसपाली बैंकको लाभांश दर कम भएको हो। लाभांश दर कम हुनुमा राष्ट्र बैंकको अंकुश पनि हो

6535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका