जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल मै पहिलो पटक स्मार्टले ल्यायो ‘ग्रेटेस्ट जिबी प्लान’

नेपाल मै पहिलो पटक स्मार्टले ल्यायो ‘ग्रेटेस्ट जिबी प्लान’

स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ । स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै प्रयोग गर्न सकिने ‘ग्रेटेस्ट जिबी प्लान’ अन्तर्गत आकर्षक ३५ रुपैयाँमा १ जिबी डेलि डाटा तथा ९० जिबी १५०० रुपैयाँमा ९० दिनका लागि निःशर्त रुपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, गेमिब लगायत सबै डिजिटल प्लाटफर्ममा प्रयोग गर्न सकिनेगरी ल्याएको हो । 

अझ कम र सहज मूल्यमा ‘ग्रेटेस्ट जिबी प्लान’मा ७ वटा फरक फरक डाटा प्लान रहेको छ । प्रयोगकर्ताहरुले स्मार्ट जिबी प्लान दैनिक प्रयोग, गेमिङ, वर्क फ्रम होम, मुभिहरु हेर्न सजिलै प्रयोग गर्न सक्दछन् । स्मार्ट टेलिकमले डाटा प्रयोगकर्ताहरुलाइ ‘ग्रेटेस्ट जिबी प्लान’ले सहजै जहाँ सुकै डाटा चलाउन, सधै इन्टरनेटमा जोडिन रहन टेवा पुर्याउने छ भनि विश्वास लिएको छ । 

डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले *141*8*1*1# डायल गर्नुपर्नेछ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नेछन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal वा www.smarttel.com.np मा लग इन गर्न सक्नेछन् ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका