जोडिनुहोस
बुधबार, अशोज २, २०८१
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट इकाईधनीहरूलाई इकाई पुँजी ६२ करोड ४३ लाख १२ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रतिफल वितरण प्रयोजनार्थ भदौ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

नबिल फ्लेक्सी क्याप फण्ड खुलामुखी योजना भएकाले प्रतिफल रकमलाई पुनः लगानी गर्न सकिने कम्पनीले जनाएको छ । इच्छुक इकाईधनीहरूले असोज १० गतेसम्म पुनः लगानी गर्न जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।

यस्तै नबिल ब्यालेन्स्ड फण्ड २ इकाईधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रतिफल प्रयोजनार्थ असोज ११ गते एकदिनका लागि बुक क्लोज तोक्ने निर्णय गरेको छ ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका