जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • डाउन पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुट्यो, सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकको लगानी

डाउन पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुट्यो, सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकको लगानी

संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तीयकरणमार्फत परियोजनामा एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्।

परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ। बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन्। यसमध्ये, सिटिजन्स बैंकले. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड र प्रभु बैंकले २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्। ३० प्रतिशत रकम भने प्रवर्द्धकबाट जुटाइने बैंकले जारी प्रेस विज्ञप्तिमा छ।

कम्पनीले आयोजना साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुर बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ। आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र बर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा पनि परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको बताए। उनले सहभागी सबै बैंकलाई आभार व्यक्त गर्दै प्रवर्द्धकलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरे।
कम्पनीका कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी दिए। उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका