जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेल्सबेरी र आईएमएस सफ्टवेयरबीच सम्झौता, व्यवसायमा नयाँ आयाम थपिने विश्वास

सेल्सबेरी र आईएमएस सफ्टवेयरबीच सम्झौता, व्यवसायमा नयाँ आयाम थपिने विश्वास

सेल्सबेरीले आईटी सोलुसन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरसँग सम्झौता गरेको छ। सम्झौतामा सेल्सबेरीका अध्यक्ष सुशील प्रधानांग र आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्।

सम्झौताले आफ्नो व्यवसायमा नयाँ आयाम थप्ने सेल्सबेरीले बताएको छ। मंगलबार जारी प्रेस विज्ञप्ति अनुसार आईएमएस सफ्टवेयर प्रालिले सेल्सबेरीलाई सामान व्यवस्थापन, चाँडो बिलिङ, लोयल्टी स्किम र लेखा प्रक्रियालाई प्रभावकारीरुपमा लेखाजोखा गर्ने सुविधा प्रदान गर्नेछ।

सेल्सबेरीअन्तर्गत काठमाडौं उपत्यकामा २८ वटा स्टोर सञ्चालनमा छन्। यस्तै पोखरामा सेलवेज ब्राण्डमा १० वटा स्टोर छन्। ती स्टोरमा दैनिक उपभोग्य वस्तुका साथै कपडा, इलेक्ट्रोनिक्स, सौन्दर्यका उत्पादन लगायत सामान पाइन्छन्।

2585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका