जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंकका ग्राहकले सीजी डिजिटलबाट सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकका ग्राहकले सीजी डिजिटलबाट सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकले ग्राहकलाई छुट दिन सीजी डिजिटल प्रालिसँग सहकार्य गरेको छ। बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजीसँग सहकार्य गरेको जनाएको छ।यसअन्तर्गत सीजी डिजिटल प्रालिमा सामान खरिद गरी सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान)मार्फत भुक्तानी गर्दा ग्राहकहरूले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (ईएमआइ)मा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्यास ब्याक पाइने बैंकले बताएको छ। क्यास ब्याक न्यूनतम ३० हजार रुपैयाँको कारोबारमा प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्‍न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जानकारी दिएको छ।

2355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका