
दुई अलग- अलग निर्जीवन बीमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट स्वीकृति पाएका छन् ।
निर्जीवन बीमा कम्पनीको रुपमा रहेका एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सेबोनबाट हकप्रद निष्कासनको स्वीकृति पाएका हुन् ।धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ती दुबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको स्रोतले बताएको छ । जसअनुसार एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासन गर्नेछन् ।एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले कायम चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर निष्कासन गर्नेछलाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन भनेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































