जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलद्वारा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

गरिमा क्यापिटलद्वारा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियानअन्तर्गत १ दिने पूँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रमअन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी(बसुपू)जिल्ला देवचुली नपा–५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजीबजार बारे सूचित गराउने उद्देश्यले सकलादेवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजीबजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन बिभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आईओएस सिओद्वारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो ।

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका