होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • मौद्रिक नीतिको समिक्षाः के–के नयाँ आयो ?

मौद्रिक नीतिको समिक्षाः के–के नयाँ आयो ?

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आफ्नो वेबसाइटमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । भन्दा फरक पर्दैन । केन्द्रीय बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा पनि ल्याउने गर्छ । त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ । सोहीबमोजिम केन्द्रीय बैंकले समीक्षा ल्याएको हो । मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजेबाट बसेको थियो । बैठकमा सकिनासाथ मौद्रिक समीक्षा सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार पारेर बुधबार व्यवस्थापन समितिमा पठाएको थियो । व्यवस्थापन समितिमा पनि समीक्षाबारे छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो । राष्ट्र बैंकले समीक्षा जारी गर्दै विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई .३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखेको छ । केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन भने गरेको छैन ।

विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको नीतिमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान केन्द्रीय बैंकले गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ । सचेत भया ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका