जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता

सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहजरुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ।

सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन, इटली लगायत देशबाट नेपाल आएका पर्यटक र अलिपे प्रयोगकर्ताहरुले नेपालमा नेपालपे क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।

नेपालमा आएने विदेशी पर्यटकहरुले सहजै र सुरक्षितरुपमा डिजिटल भुक्तानी गर्न सकुन् भनेर सम्झौता गरेको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

2480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?