होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, पुस १९, २०८१
शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • बैंकिङ क्षेत्र : धमाधम बाहिरिँदै लगानीकर्ता

बैंकिङ क्षेत्र : धमाधम बाहिरिँदै लगानीकर्ता

बैंकिङ क्षेत्रबाट धमाधम लगानीकर्ता बाहिरिँन थालेका छन् । कुमारी बैंक लिमिटेडले हालै मात्र संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

यस्तै फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेको हो। कम्पनीले सेयरको मूल्य प्रतिकित्ता २८० रुपैयाँ राखेको छ।

यी त केही उदाहरणमात्रै हुन् । तर पछिल्लो समय दैनिकजसो बैंकको संस्थापक शेयर बिक्रीमाका समाचारहरु आउने गरेको छ । संस्थापक शेयर बिक्री गर्न बैंकहरुले पत्रपत्रिकामा दैनिकजसो सूचनाहरू निकालिरहेका छन् । पछिल्लो समय धेरैजसो वाणिज्य बैंकहरुको संस्थापक शेयर बिक्रीमा राखेको देखिन्छ ।

केही महिनाअघि प्रभु बैंकका ९ जना संस्थापकले एकै पटक आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको थियो । नवलकिशोर राजभण्डारी, वीरेन्द्र रावल, प्रवीण अग्रवाल, कुमार पौडेल, अञ्जन श्रेष्ठ, दिनेश अर्याल, गंगाराम महर्जन, तान्या अधिकारी र सन्ध्या थापा क्षेत्रीले शेयर बिक्रीमा राखेका थिए । उनीहरूले आफ्नो स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेका थिए ।

यस्तै प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनको परिवारले पनि शेयर बिक्रीमा राखेको थियो । उनीहरूले एकै पटक शेयर बिक्री गरेर बाहिरिने तर्खर गरेका हुन् ।

भट्टचनको परिवारसहित १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखिएको थियो । मंसिर २६ गते बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कुमारी बैंकको संस्थापक शेयरधनी राधेश्याम सुवालले समेत आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएका थिए । सिद्धार्थ बैंकको लेखा राज्यलक्ष्मी खाणको नाममा रहेको संस्थापक शेयर पनि बिक्रीमा राखिएको थियो ।

हिमालयन बैंकका ५ जना संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर बिक्रीमा ल्याएका थिए । उनीहरूले ४ लाख ८ हजार कित्ता शेयर बिक्रीमा राखेका हुन् । उनीहरूले यो शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएका हुन् ।

प्रभु, कुमारी, सिद्धार्थ, हिमालयन बैंकले मात्रै होइन अन्य वाणिज्य बैंकहरुले पनि धमाधम संस्थापक शेयर बिक्रीमा ल्याइरहेका छन् ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका