जोडिनुहोस
बिहिबार, पुस २५, २०८१
बिहिबार, पुस २५, २०८१

हालको खबर

  • होमपेज
  • साढे ३ करोड चोरीको आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश

साढे ३ करोड चोरीको आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश

एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबै ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

साइबरको माध्यमबाट रकम ठगी गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका–१० का २० वर्षीय राहुल ठाकुर, सोही ठाउँका अर्का १९ वर्षीय पुरुषोत्तम साहलाई जनही ५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उदयपुरको बेलका–५ का २७ वर्षीय दीपक थापा मगरलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । बेलका नगरपालिका–४ का २० वर्षीय कमल थापा मगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, सप्तरीकै राजविराज नगरपालिका–७ का ३० वर्षीय सञ्जिवकुमार शर्मा, सुनसरीको धरान उपमहानगरपालिका–८ का २४ वर्षीय सन्देश राई र सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का २२ वर्षीय सागर कुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश कार्कीले इजलासले आदेश दिएको छ।

सिटिजन्स बैंकको सफ्टवेयर एफवान सफ्टले नै निर्माण गरेको थियो। त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खाता खोलेको थियो । उक्त सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । यो चोरी प्रकरणमा २४ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा विद्युतीय ठगीको कसुरमा मुद्दा दायर भएको थियो । ९ जना पक्राउ परे पनि बाँकी भने फरार थिए ।

ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको थियो । साइबर ब्यूरो स्रोतका अनुसार अनुसन्धानका क्रममा ह्याकमा युकेको ‘आईपी एड्रेस’ देखिएको छ । यद्यपि, ह्याकरको समूहले अन्य ठाउँहरूबाटै ह्याक गरेर ‘आईपी एड्रेस’ फरक ठाउँका राखेको हुनसक्ने आशंका पनि गरिएको छ ।

२४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट दोस्रो लेअरमा करिब ५ सय जनाको बैंक खाता प्रयोग गरिएको खुलेको छ । विभिन्न लेअरमा बसेर ह्याकरको समूहले नेपालीलाई प्रयोग गरेर रकम बाहिर लगेको भेटिएको छ । १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक-पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो । पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरे वापत केही रकम बुझेको देखिएको साइबर ब्यूरोले जनाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका