जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एमालेले टुंग्यायो ३२ समानुपातिक सांसद

एमालेले टुंग्यायो ३२ समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो ।

समानुपातिकको ३४ सिटसमेत जोडेर संघीय संसदमा एमालेका ९२ सिट हुन्छ, जसको एक तिहाई अर्थात ३१ जना महिला हुनुपर्छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ४४ मध्ये ४ जना महिला छन् भने राष्ट्रियसभामा एमालेका १५ सदस्यमध्ये ९ जना महिला छन् । अर्थात समानुपातिकबाट चयन हुने ३४ मध्ये १८ जना महिला हुँदा पनि आवश्यक ३३ प्रतिशत पुग्थ्यो ।

तर २२ जना पठाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामै एक तिहाई महिला पुर्‍याउने भन्दै २२ जना पठाउने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार यस्तो प्रस्ताव गर्नुमा सुनीता बराललाई प्रतिनिधिसभामा पठाउने इच्छाले पनि काम गरेको एमाले नेताहरु बताउँछन् ।

ओलीकै जोडबलमा उनलाई समानुपातिकको बन्दसूचीमा राखिएको थियो । र, २२ जना महिला पठाउँदा खासआर्य महिलाको आठौं नम्बरमा रहेकी सुनीता पनि परिन् । जबकी १८ जना महिला पठाएको भए उनको सम्भावना थिएन ।

खासआर्य महिलाबाट मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बरालको नाम पठाइएको छ ।

बादल पत्नी पनि सांसद

एमालेले पठाएको समानुपातिक सांसदको सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला पनि छिन् । ओली सरकारमा झण्डै एक महिना सञ्चारमन्त्री बनेकी थापालाई यो पटक आदिवासी जानजाति महिलाको पहिलो नम्बरमा राखिएको थियो ।

उनीसँगै सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम पठाइएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै चुनावको मुखमा जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले अमृता अग्रहरि पनि एमालेबाट सांसद बनेकी छन् । मधेसी महिलामा अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया तथा थारुबाट आश्माकुमारी चौधरी र शान्ति चौधरीको नाम पठाइएको छ ।

एकनाथ एमालेबाट सांसद

एमालेले १२ जना पुरुषलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको छ, जसमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समेत छन् । उनी खासआर्यको दोस्रो नम्बरमा थिए । एमालेले खसआर्य पुरुषतर्फ स्थायी कमिटी सदस्य रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम पठाएको छ ।

आदिवासी जनजाति पुरुषतर्फ व्यवसायी देवीप्रसाद भट्टचनसँगै जसपा छाडेर एमाले आएका हेमराज राई र कालुराम राईको नाम पठाएको छ ।

एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् :

आदिवासी जनजातितर्फ :

पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फ :

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला ; मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारु :

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी :

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका