जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • कृषि विकास बैंकको ५८औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

कृषि विकास बैंकको ५८औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

कृषि विकास बैंक लि ५८औं बार्षिकोत्सवको अवसरमा संचालित बिभिन्न कार्यक्रम मध्येको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना पुर्याउने उद्देश्यकासाथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको छ । बिभिन्न बैंक, बिमा, कोष, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको यस खेल बिगत ३ दिनदेखि संचालन भई रहेको छ ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका