जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने

गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने

गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ ।
उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन् ।

जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिनेछ । अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सेवा प्रदान गरिरहेको छ ।

2275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?