जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • पाथीभरा केवलबार विवादबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक : ग्लोबल आईएमई बैंकलाई प्रहार गर्नु गलत

पाथीभरा केवलबार विवादबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक : ग्लोबल आईएमई बैंकलाई प्रहार गर्नु गलत

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका छन्।

पौडेलले सामाजिक सञ्जालमार्फत पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत गरेको धारणा राख्दै कसैको उक्साहटमा आएर उच्छृखल गतिविधिमा संलग्न नहुन समेत आग्रह समेत गरेका हुन्।

उनले लेखेका छन,’पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त (क) वर्गको वाणिज्य बैंक ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुँदा राम्रो।’

पाथीभरा केवलकार निर्माण रोक्न खोजेका केही समूहले बैंकलाई प्रभावित बनाउनेगरी विभिन्न अभियान गरिरहेका छन्। सर्वसाधारण जनताको लगानी भएको बैंकलाई प्रभावित बनाउनेगरी भइरहेको दुष्प्रचारविरुद्ध कार्यकारी निर्देशक पौडेलले सामाजिक सञ्जालमा लेखेका हुन्।

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?