जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले २९ करोड ४१ लाख कमायो, प्रति शेयर आम्दानी कति ?

मुक्तिनाथ विकास बैंकले २९ करोड ४१ लाख कमायो, प्रति शेयर आम्दानी कति ?

मुक्तिनाथ विकास बैंकले चालू आबको तीन महिनामा २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकले गत वर्ष सोहि अवधिमा २८.५८ प्रतिशत बढाएको हो । ले बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ, बैंकले ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ७ करोड रुपैयाँले धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप संकलन ५७ अर्ब २९ करोड रुपैयाँबाट बढेर ६३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४७ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ५१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।बैंकको खराब कर्जाको अनुपात भने सामान्य अंकले घटाएको छ । बैंकको चालू आबको तीन महिना खराब कर्जा २.८७ बाट २.८३ प्रतिशतमा झारेको छ ।

हाल ४ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५ करोड छ।  बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २१ पैसा र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ८३ पैसा रहेको छ ।

7090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?