जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली छुटे

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली छुटे

सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका सात जना मुद्दा नचली छुटेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक फैलाउँदै गुन्डागर्दी गरेको आरोपमा २३ माघमा सात जनालाई पक्राउ गरेको थियो । काठमाडौंका विभिन्न ठाउँहरूबाट पक्राउ गरेका उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

परिसर काठमाडौंले उनीहरूलाई सार्वजनिक शान्तविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको थियो । तर सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । सरकारी वकिल कार्यालयको उक्त निर्णयसँगै सातै जना रिहा भएको बोहोराले अनलाइखबरलाई जानकारी दिए ।

त्यतिबेला प्रहरीले धादिङको गल्छीका २९ वर्षीय रोमन आले, तनहुँको भानु नगरपालिका–७ का ३६ वर्षीय मनोहर थापा मगर, गोरखाको आरुघाट नगरपालिका–७ का २७ वर्षीय सुमन पराजुली, काभ्रेको रोशी गाउँपालिका–७ का २६ वर्षीय रोशन तामाङ, तनहुँकै भानु–११ का ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाको आरुघाटका २९ वर्षीय पदमबहादुर मगर र दोलखाको बैतेश्वर गाउँपालिका–३ का ३९ वर्षीय गोपाल मोक्तान पक्राउ परेका थिए ।

उनीहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको थियो ।

1705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका