जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले किशोरकिशोरीलाई लक्षित गरेर ल्यायो ‘पकेट मनी बचत खाता’

मुक्तिनाथ विकास बैंकले किशोरकिशोरीलाई लक्षित गरेर ल्यायो ‘पकेट मनी बचत खाता’

मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका किशोरकिशोरीलाई लक्षित गरेर ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ संचालनमा ल्याएको छ। बैंकले यो बचत खाताले विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुर्‍याउने जनाएको छ।

सो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ। यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेलसम्मका लागि निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन्।

साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो सेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका