जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वाणिज्य बैंकको निक्षेप बढ्यो, सिभिलको कर्जामा वृद्धि

वाणिज्य बैंकको निक्षेप बढ्यो, सिभिलको कर्जामा वृद्धि

माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ अर्बले घट्दा ११ अर्ब ९२ अर्बले कर्जा बढेको देखिएको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकमा बुझाएको विवरणका आधारमा निक्षेपभन्दा बढी कर्जा दिएको समेत भेटिएको छ ।

नेपाल बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांक अनुसार माघ महिनामा सबैभन्दा बढी निक्षेप पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले बढाएको छ । तथ्यांक अनुसार यस बैंकले माघ महिनामा ३ अर्ब ८९ करोड रुपैयाँले निक्षेप बढाएको छ । यस्तै दोस्रोमा लक्ष्मी बैंकले माघ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँले निक्षेप बढाएको छ ।

माघ महिनामा १२ वटा बैंकको निक्षेप बढेको छ । बैंकहरुमा ३ अर्बभन्दा बढी निक्षेप बढाउनेमा वाणिज्य बैंक र लक्ष्मी बैंक बाहेक एसबिआई,नेपाल इन्भेष्टमेन्ट,नबिल बैंक रहेका छन् । २ अर्बदेखि ३ अर्बसम्म निक्षेप बढाउने बैंकमा एनआईसी एशिया रहेको छ ।
१ अर्बदेखि २ अर्बसम्म निक्षेप बढाउने बैंकमा एनएमबि,सानिमा,नेपाल बैंक रहेका छन् । यस्तै १ अर्बसम्म निक्षेप बढाउने बैंकमा कृषि विकास बैंक,बैंक अफ काठमाण्डू र हिमालयन बैंक छन् ।

माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ करोडले घटेको छ । जसमा ग्लोबल आइएमई बैंकको ५ अर्ब ४३ करोड,प्राइम बैंकको ४ अर्ब ३२ करोड स्टाण्डर्ड चार्टर्ड बैंकको ४ अर्ब २६ करोड छ । एनसीसी बैंकको ४ अर्ब १५ करोडको निक्षेप घटेको छ । २ अर्बदेखि ३ अर्ब निक्षेप घट्नेमा सनराइज,सिदार्थ,प्रभु,माछापुच्छ्रे,कुमारी तथा सिभिल बैंक छन् ।

माघ महिनामा २० वटा बैंकले कर्जा बढाएका छन् । ७ वटा बैंकको कर्जा घटेको छ । माघ महिनामा सबैभन्दा बढी कर्जा बढाउनेमा सिभिल बैंक अगाडि छ । सिभिल बैंकले ३ अर्ब ४२ करोड रुपैयाँले कर्जा बढाएको छ । माघ महिनामा बैंकहरुले १२ अर्ब ९९ करोड रुपैयाँले कर्जा बढाएका छन् । कर्जा घटाउने बैंकमा एनआईसी,स्टाण्डर्ड चार्टर्ड,सिद्धार्थ बैंक छन् । एसबिआई,नेपाल इन्भेष्टमेन्ट,कुमारी,एभरेष्ट र कृषि विकास बैंकको कर्जा घटेको छ ।

3320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका