जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सन्राइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

सन्राइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

सन्राइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु दुई लाख सहयोग गरेको छ । 

आज एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा सन्राइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो । 

रकम हस्तारण कार्यक्रममा सन्राइज बैंकका प्रदेश नं १ का प्रमुख विवेक निरौला, इलाम शाखाका प्रमुख ज्ञान श्याम गुरुङ्ग र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ । निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मदत गर्ने सोसाइटीले जनाएको छ । बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

3715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका