जोडिनुहोस
सोमवार, असार ९, २०८२
सोमवार, असार ९, २०८२

हालको खबर

  • होमपेज
  • नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो ।

उनले भैरहवामा सञ्चालन हुन लागेको र्‍याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ । भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ ।

अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए । अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसीब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?