जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • दुर्गा प्रसाईंविरुद्धको मुद्दा टुंगिनु अघि नै ऋण असुली गर्ने पक्षमा बैंकहरू

दुर्गा प्रसाईंविरुद्धको मुद्दा टुंगिनु अघि नै ऋण असुली गर्ने पक्षमा बैंकहरू

हालै जेलबाट धरौटीमा रिहा भएका व्यवसायी दुर्गा प्रसाईंले अब आफ्नो ध्यान राजनीति भन्दा व्यवसायमा केन्द्रित गर्ने बताएका छन्। उनले आफूले कर्जा लिएका बैंकका उच्च अधिकारीहरुसँग छलफल गर्दै ऋण तिर्ने स्पष्ट खाका प्रस्तुत गर्ने तयारी थालेका छन्।

गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका प्रसाईं केही दिनअघि मात्र जेलबाट छुटेका हुन्। प्रसाईंविरुद्ध चैत्र १५ को घटनामा धनजनको नोक्सानी, राज्यविरुद्धको विप्लव, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन्।

यी मुद्दाको फैसला कहिले हुने भन्ने टुंगो नभएकाले उनी फेरि विवादमा पर्नुभन्दा सरकार र बैंकसँग सम्बन्ध सुधार गरेर अवस्था सहज बनाउन प्रयासरत रहेको स्रोतले जनाएको छ। बैंक अधिकारीहरूका अनुसार प्रसाईंले ‘जेल परेको कारण ऋण तिर्न ढिलाइ भएको’ भन्दै केही समयको मोहल मागेका छन्।बैंकहरू पनि मुद्दाको अन्तिम फैसला नआउँदै सकेसम्म ऋण असुल गर्ने पक्षमा छन्।

प्रसाईंले नबिल बैंक (तत्कालीन एनबी), प्रभु बैंक, कुमारी बैंक (तत्कालीन एनसिसी), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा), ग्लोबल आइएमई बैंक (तत्कालीन जनता बैंक), लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सबाट लिएको साँवा–ब्याज गरेर ऋण रकम सात अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका