जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • किर्तीमानी आरोही निम्स पुर्जा नबिल बैंकका ‘हिरो’,

किर्तीमानी आरोही निम्स पुर्जा नबिल बैंकका ‘हिरो’,

नबिल बैंकले हिमाल आरोहणमा किर्तीमानी कायम गरेका निम्स पुर्जालाई ‘नबिल हिरो’ घोषणा गरेको छ। पुर्जाले सात महिनाको अवधि मै ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तीमान कामय गरेका थिए।

बैंकले उनलाई प्रोत्साहनस्वरुप ७ लाख रुपैयाँसमेत प्रदान गरेको छ। कार्यक्रममा पुर्जाले पर्वतारोहणका क्रममा आफ्ना अनुभव बाँडेका थिए। विश्व किर्तीमान कायम गर्न उनले बेलायतको स्पेसल आर्म फोर्सको जागिर छाडेका थिए।

बेलायतको विशेष आर्म्ड फोर्समा पुग्ने पहिलो नेपाली समेत बनेका निम्सले  पर्वतारोहणका लागि जागिर छोड्नुका साथै आफ्नो घर बेचेका थिए।

केही वर्ष जागिरमा रहँदा उनले जीवनभर सुविधा सम्पन्न जीवन विताउन सक्थे। तर आफ्नो सहज र सुखपूर्ण जीवन परित्याग गरेर उक्त सफलता हासिल गरेको पुर्जाले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समाजमा जहिले पनि उही पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नु पर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निम्सलाई नबिल हिरो बनाएको बताए। आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने लक्ष्य बनाएको छ।उनले भने- ‘हरेक युवामा हिरो बन्ने क्षमता छ।’

समाजमा नयाँ पिंढीले गरेका कामहरुलाई चिनाउनकालागि यस्तो कार्यक्रमले सहयोग पुग्ने शाहको तर्क छ। उनले  हिरो बन्न लायक काम गरेका हरेक नागरिकलाई बैंकले प्रोत्साहन गर्ने बताए।

मिस नेपाल श्रृंखला खतिवडाको संयोजनमा नविल बैंकले सामाजिक सञ्जाल मार्फत युवाहरुलाई उक्त कार्यक्रममा डाकेको थियो।

9825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका