

सिटिजन्स बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे डिल्लीबजार स्थिति अमृत भोग पार्टी प्यालेसमा सभा आह्वान गरेको हो । सभामा लाभांश पारित गर्ने प्रस्ताव सहित ९ वटा प्रस्ताव पेश हुदै छ।
बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले दशैंअघि नै एक अर्ब रुपैयाँ बराबरको नगद बाड्ने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । बैंकले १५ प्रतिशत लाभांश मध्ये १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। बैकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड मुनाफा आर्जन गरेको थियो।
सभा प्रयोजनको लागि बैंकले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।
सम्बन्धित समाचार
