जोडिनुहोस
शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई स्थानियले दले कालोमोसो

सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई स्थानियले दले कालोमोसो

सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेको छ । सप्तरीको रुपनीमा मंसिर २५ गते केहि स्थानियहरुले बैंकका दुई कर्मचारीहरुलाई कालोमोसो दलेका हुन् ।

बैंकका कर्मचारीहरूले ऋण असुली गर्ने क्रममा परिवारलाई अपमान गर्ने, गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको आरोप स्थानियहरूले लगाएका छन्।

ऋणको किस्ता नियमित नभएको भन्दै बैंकका कर्मचारीहरू घर–घर पुगेर किस्ता बुझाउन दबाब दिने र परिवारको सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्ने तरिकाले व्यवहार गर्ने गरेका थिए। यसकारण स्थानीयहरूले आफ्नो असन्तोष व्यक्त गर्दै कर्मचारीमाथि कालोमोसो दलेका हुन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले थप चासो र विवाद सिर्जना गरेको छ।

ज्योति विकास बैंकले पनि यस घटनालाई गम्भीरतापूर्वक लिएको छ। बैंकले कर्मचारीमाथि दुर्व्यवहार भएको पुष्टि गर्दै नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको र कालोमोसो र कुटपिट गर्ने व्यक्तिहरूको नाम संकलन गरी नियामक निकायमा पठाइएको बताइएको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका