जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्स कम्पनीले बीमा गर्नेलाई कमिशन वापत ५० प्रतिशत माथी क्यास ब्याक दिएर घोटला गरेको खुलासाः कारवाहीको तयारीमा नेपाल बीमा प्राधिकरण !

शिखर इन्स्योरेन्स कम्पनीले बीमा गर्नेलाई कमिशन वापत ५० प्रतिशत माथी क्यास ब्याक दिएर घोटला गरेको खुलासाः कारवाहीको तयारीमा नेपाल बीमा प्राधिकरण !

आफूलाई नेपालकै नम्बर १ निर्जीवन बीमा कम्पनी बताउँदै आएको र सदावहार १४ वर्ष देखि दिप प्रकाश पाण्डे सिइओ रहेको शिखर इन्स्योरेन्स क्मपनीले कमिशनको नाममा डरलाग्दो घोटला गरेको नेपाल बीमा प्राधिकरणले फेला पारेको खुलेको छ ।

अरु निर्जीवन बीमा कम्पनीहरुको ब्यापार खोस्न शिखर इन्स्योरेन्स कम्पनीले गैर कानूनीरुपमा बीमा गर्ने कम्पनी र व्यक्तिहरुलाई दिइने कमिशनमा क्यास ब्याक ५० प्रतिशत माथी सम्म गरेको नेपाल बीमा प्राधिकरणकै उच्च एक कर्मचारीले पंक्तिकारसंग दाबी गरे । उनीले थपे १४ निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढि कमिशन शिखर इन्स्योरेन्स कम्पनीबाट गएको भेटिएको छ । तीनवटा निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ५० प्रतिशतमाथी सम्म क्यास ब्याग गरेर गैर कानूनीरुपमा कमिशन दिएको नेपाल बीमा प्राधिकरणले फेला पारेको छ भन्दा अन्यथा नहोला ।

नेपाल बीमा प्राधिकरणका एक उच्च कर्मचारीले पंक्तिकारको भेटमा भने ५/६ वटा निर्जीवन बीमा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण हामीले गर्‍यो जसमा शिखर इन्स्योरेन्स कम्पनी लगायत ३/४ वटा कम्पनीले गैर कानुनी अभ्यास गर्दै क्यास ब्याक गरेर व्यवसाय भित्र्याएको भेटिएको छ नि । उनीकै शब्द सापटी लिने हो भने केही दिन भित्र ३ कम्पनी माथी नेपाल बीमा प्राधिकरणले कारवाही गर्ने तयारी गरेको देखिन्छ । ब्यापार बढाउने, ब्यापार खोस्ने एउटा गतल परम्परा बीमा गर्ने कम्पनी र व्यक्तिहरुलाई (क्यास ब्याक) त्यो पनि फर्जी बील, भौचर, बनावटी खर्च कृत्रिम कर्मचारी भर्ना देखाएर ।

ब्यापार बढाउने, ब्यापार खोस्ने एउटा गतल परम्परा बीमा गर्ने कम्पनी र व्यक्तिहरुलाई (क्यास ब्याक) त्यो पनि फर्जी बील, भौचर, बनावटी खर्च कृत्रिम कर्मचारी भर्ना देखाएर ।

प्रिमियम कै पैसा क्यास ब्याकको रुपमा दिने गरेको शिखर इन्स्योरेन्स कम्पनीलाई कारवाहीको दायरामा नेपाल बीमा प्राधिकरणले ल्याउने हो कि होइन यो चाहि अब खोजी कै विषय बनेको छ । बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।
तीन निर्जिवन बीमा कम्पनीबाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको पाइएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनी बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको नेपाल बीमा प्राधिकरणबाटै पुष्टि भएको छ । नेपाल बीमा प्राधिकरणको स्थलगत निरिक्षणको रिर्पोटमा तीन निर्जिवन बीमा कम्पनी बाहेक सबैमा क्यास ब्याक भईरहेको पाइएको खुलेको छ । भन्दा फरक पर्दैन । नेपालका १४ निर्जीवन बीमा कम्पनीहरुले बीमा गर्नेलाई दिइने कमिशन (क्यास ब्याक) मा चर्को ठगी शिखर इन्स्योरेन्स कम्पनीले गरेको भेटिएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनी बाहेक सबै बीमा कम्पनीमा क्यास ब्याक रहेको नेपाल बीमा प्राधिकरणबाटै पुष्टि भएको छ ।

निजीवन बीमा कम्पनीहरुले फर्जी बिल भौचर, बनावटी खर्च र कृतिम कर्मचारी भर्ना देखाएर प्रिमियमकै पैसा क्यास ब्याककारुपमा दिने र व्यवसाय हत्याउने गरेको नेपाल बीमा प्राधिकरणको प्रतिवेदनमै उल्लेख छ । कारवाही तत्कालै गरियोस् ।
नेपाल बीमा प्राधिकरणले बीमकको स्थलगत सुपरिवेक्षणबाट निर्जीवन बीमा कम्पनीमा क्यास ब्याक (बीमा गर्नेलाई कमिशन) दिने गैरकानुनी अभ्यास मौलाएको तथ्य फेला पारेको हो । भन्दा फरक पदैन । नेपाल बीमा प्राधिकरणले करिब पाँच साता लगाएर १४ निर्जीवन बिमा कम्पनीको स्थलगत सुपरीवेक्षण गर्दा बिमा कम्पनीमा क्यास ब्याक दिने गलत अभ्यास फस्टाएको फेला पारेको हो भन्दा फरक पर्दैन ।

३ वटा कम्पनी बाहेक अरु निर्जीवन बीमा कम्पनीले फर्जी बिल, बनावटी खर्च र कृत्रिम कर्मचारी देखाएर प्रिमियमकै पैसा क्यास ब्याकका रुपमा पठाउने र व्यवसाय हत्याउने गरेको तथ्य नेपाल बीमा प्राधिकरणले आफ्नै स्थलगत निरीक्षणबाट फेला पारेको हो । अधिकांश बिमा कम्पनीहरुले क्यास ब्याकको रकम घुमाउरो बाटो प्रयोग गरेर प्रदान गर्ने गरेको भेटिएको थियो । बीमा प्राधिकरणले प्रतिवेदनमा भएको उक्त प्रस्तावलाई बोर्डमा लगेर कारवाहीको गर्ने तयारी समेत गरेको देखिन्छ । अब हेरौं कस्तो कारवाही हुने हो ? सचेत भया ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका