जोडिनुहोस
बुधबार, माघ २९, २०८२
बुधबार, माघ २९, २०८२
  • होमपेज
  • सलिको आम्दानी २२.१७ प्रतिशतले बढ्यो

सलिको आम्दानी २२.१७ प्रतिशतले बढ्यो

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.१७ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा कम्पनीले १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । जब गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

यद्यपि, आम्दानी बढे पनि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ । गत आवको पुस मसान्तसम्म ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको सलिकोले चालू आवको सोही अवधिमा ४३.२९ प्रतिशतको गिरावट बेहोर्दै ३ करोड ७३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

बीमा व्यवसायमा उल्लेख्य सुधार कम्पनीको व्यवसाय विस्तारमा भने उत्साहजनक प्रगति देखिएको छ । विवरण अनुसार सलिकोको खुद बीमाशुल्क आर्जन ६१.९४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।


जुन गत वर्ष सोही अवधिमा ७१ करोड ९१ लाख रुपैयाँ मात्र थियो । कुल आम्दानी बढेसँगै कम्पनीको कुल खर्चमा पनि २७.२२ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

खर्च र लगानीको अवस्था कम्पनीले अभिकर्तालाई दिने कमिशनमा उल्लेख्य खर्च गरेको छ । समीक्षा अवधिमा अभिकर्ता कमिशन ११४.६६ प्रतिशतले बढेको छ ।

अर्कोतर्फ, लगानी तथा कर्जाबाट हुने आम्दानीमा भने ३३.८७ प्रतिशतको संकुचन आएको वित्तीय विवरणले देखाउँछ । सोही कारण कम्पनीको आम्दानी बढ्दा पनि खद नाफामा भने गिरावट आएको हो ।

पूँजी र कोषको मजबुती हाल २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सलिकोको वित्तीय आधार बलियो देखिएको छ । कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ ।

महाविपत्ति कोषमा २१ करोड ७१ लाख र जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ रहेको छ । ६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको यस कम्पनीको कुल सम्पत्तिको मूल्य १५ अर्ब ५१ करोड रुपैयाँभन्दा माथि रहेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?