जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन्स लाईफ इन्स्योरेन्सको नाफा साढे १४ करोडभन्दा बढी

सिटिजन्स लाईफ इन्स्योरेन्सको नाफा साढे १४ करोडभन्दा बढी

सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनासम्म रू. १४ करोड ५७ लाख ४८ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १ दशमलव २७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३९ लाख २३ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष २ प्रतिशत बढी आम्दानी गरेको कम्पनीले ५ प्रतिशत बढी खर्च गरेको छ । कम्पनीले रू. २० करोड ५५ लाख १३ हजार आम्दानी गरेकोमा रू. ५ करोड ९७ लाख ६५ हजार खर्च गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन भने ११० प्रतिशतले बढेको छ ।

गत वर्ष रू. १ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार यो शुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम भने यस वर्ष ४७७ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिमा रू. ७ करोड २२ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ४१ करोड ७१ लाख २७ हजार दाबी भुक्तानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न बाँकी रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ६५ प्रतिशत बढेर रू. ७६ करोड कायम भएको छ ।

जीवन बीमा कोष रकम १३८ प्रतिशत बढेर रू. ३ अर्ब १ करोड ११ लाख २९ हजार कायम भएको छ । तेस्रो त्रैमाससम्म दिर्घकालिन लगानी रू. ३ अर्ब ८३ करोड ९९ लाख २ हजार रहेको कम्पनीले बीमालेख धितोमा रू. २३ करोड ५ लाख २५ हजार कर्जा प्रवाह गरेको छ ।

6500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?