जोडिनुहोस
मङ्लबार, फाल्गुन ५, २०८२
मङ्लबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • एन आई सी एशिया क्यापिटल र होटेल ईष्टर्न नेपाल लिमिटेड बीच सम्झौता सम्पन्न

एन आई सी एशिया क्यापिटल र होटेल ईष्टर्न नेपाल लिमिटेड बीच सम्झौता सम्पन्न

एन आई सी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ। सोही सेवा अन्तर्गत मेचिनगर-१०, झापामा कारोवार कार्यालय रहेको होटेल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र होटेल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।

होटेल ईष्टर्न नेपाल मेचिनगर-१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटेल हो। होटेल ईस्टर्न नेपाल संचालनको लागि Inter-Continental Hotels Group -Asia Pacific Pte. Ltd. (IHG) को Brand अन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त Brand “Holiday Inn Express & Suites” संग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ। जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ। निर्माणको अन्तिम चरणमा रहेको होटेल ईष्टर्न नेपाल यही मिति २०८३ साल वैशाख भित्र नियमित रुपमा संचालनको लागि बुकिङ्ग खुल्ला गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृयाहरु अगाडी बढाएको छ।

होटल संचालमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेहवाहरु जस्तै Casino, Dedicated High-End Gaming and Entertainment, Rooftop Swimming Pool, Comfort, Luxury, Suites and Modern Rooms, Multiple Dining Outlets, Rooftop Restaurant, Jacuzzi, Spa, and fully Equipped Health Club, In-house Laundry and Professional Housekeeping लगायतका सेवा उपलब्ध हुनेछन् । होटेलको निर्माण सम्पन्न गरी नियमित संचालमा आएको अवस्थामा होटेल रहेको स्थान इण्डियन बोडर बाट जम्मा ७ कि.मि.को दुरी रहेको तथा इण्डियन एरपोर्ट, बागडोरा जम्मा २७ कि.मि.को दुरीमा रहेको हुँदा इण्डियन ग्राहकहरुको उपस्थित बाक्लो रहने अनुमान गरिएको हुँदा होटलको व्यवसाय विस्तार सहज र सरल हुन गई होटेलले उचित आम्दानी आर्जन गर्न सक्ने बलियो सम्भावन रहेको छ।

होटेल ईष्टर्न नेपालले अन्तराष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउने हुँदा उक्त होटल संचालनमा आए पश्चात् नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ। होटेल संचालन पश्चात् अन्तराष्ट्रिय स्तरको सेमिनार, सभा सम्मेलन तथा गोष्ठीहरु नेपालमा गराउन सहज हुँदा बैदेशिक मुद्रा आर्जन गरी देशको अर्थव्यवस्था मजबुद बनाउन समेत महत्वपूर्ण योगदान गर्ने देखिन्छ।

साथै एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीज्यूलाई सम्पर्क गर्न सकिनेछ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?