जोडिनुहोस
आइतवार, असार ७, २०८३
आइतवार, असार ७, २०८३
  • होमपेज
  • रास्वपा महाधिवेशन: प्रधानमन्त्री चितवनमा

रास्वपा महाधिवेशन: प्रधानमन्त्री चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह सपरिवार चितवन आइपुगेका छन् । महाधिवेशनको उद्घाटन तथा बन्दसत्रमा भाग लिन उनी आइतबार चितवन आइपुगेका हुन् ।

प्रधानमन्त्री शाहको चितवन बसाइका लागि कालिका नगरपालिका–९ शक्तिखोरस्थित नवनिर्मित पाँचतारे ‘लटौली स्याङ्चुअरी रिसोर्ट’ पूर्ण रूपमा बुक गरिएको छ । असार ६ गतेदेखि ११ गतेसम्मका लागि बुक गरिएको उक्त रिसोर्टमा १६ वटा कोठा रहेका छन् । प्रधानमन्त्रीको टोलीका लागि सोही कम्पनीद्वारा सञ्चालित नजिकैको ‘भ्युरानकोट रिसोर्ट’ का थप १४ वटा कोठा पनि प्रयोगमा ल्याइएको छ, जुन महाधिवेशन स्थलभन्दा झन्डै २० किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

प्रधानमन्त्रीको आगमनलाई लिएर रिसोर्ट र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । शनिबारदेखि नै नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटिएका छन् । सुरक्षा र उच्च गोपनीयता कायम राख्न रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिनुका साथै कार्यरत ४५ जना कर्मचारीमध्ये अधिकांशलाई चार दिनको बिदा दिइएको छ । कार्यस्थलमा रहेका सीमित कर्मचारीहरूलाई पनि मोबाइल फोन बोक्न र फोटो-भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

उक्त रिसोर्टमा प्रधानमन्त्री शाहका साथै गृहमन्त्री सुदन गुरुङ, रास्वपा महामन्त्री भुपदेव शाह र नेता सुनिल लम्साल लगायतका शीर्ष नेताहरू बस्ने व्यवस्था मिलाइएको छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका